तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले आफ्ना ग्राहकलाई चाहेजस्तो उपयुक्त जीवनसाथी फेला पार्नका लागि मद्दत गर्दछ र सेवा लिने क्रममा ग्राहकहरुले तपशीलका शर्तहरुलाई स्वीकार गरेको हुनु पर्दछ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. मा बिबाहको जोडी मिलानको लागि दर्ता शुल्क भुक्तानी नगरी दर्ता हुँदैन । तपाईँ साँच्चिकै सेवा लिन इच्छुक हो भन्ने प्रमाण र आधार नै दर्ता शुल्क भुक्तानी हो ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. मा ग्राहकले आफ्नो बारेमा सहि र सत्य तथ्य जानकारी विवरण दिएर दर्ता फारम भर्नु पर्नेछ । सेवा लिन दर्ता गरेपछि दर्ता रद्द हुनेछैन, आंशिक भुक्तानी स्वीकार गरिने छैन र दर्ता शुल्क फिर्ता गरिने छैन । जोडी मिलान भएको ७ दिनभित्र बाँकी रहेको अन्तिम शुल्क भुक्तानी गर्नुपर्नेछ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले जोडी मिलानका लागि सुझाएको व्यक्तिलाई अस्वीकार गरेको सूचना ७ दिनसम्म कम्पनीलाई नदिएमा जोडी मिलान भएको मानिनेछ । जोडी मिलानलाई विश्वासिलो र भरपर्दो बनाउन कम्पनीले मागेको व्यक्तिगत कानूनी कागजातहरु ग्राहकले उपलब्ध गराउनु पर्नेछ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले जोडी मिलानका लागि सुझाएको व्यक्तिलाई ग्राहकले एक पटक अस्वीकार गरेपछि पुन जोडी मिलानको प्रयास गरिने छैन । जोडी मिलानका लागि सुझाइएको व्यक्तिलाई अस्वीकार गर्दा उनलाई चित्त दुखाउन पाइने छैन । आफ्नो अस्वीकृति कम्पनीलाई नै भन्नु पर्नेछ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. का ग्राहकको कुनै पनि जानकारी कानूनी बाध्यतामा बाहेक अन्यत्र साझा गरिने छैन र गर्न पाइने छैन र गोप्य रहनेछ । ग्राहकले दिएको जानकारी अनुसार सम्भावित जोडी मिलानका प्रक्रिया अघि बढाइने छ । तर कम्पनीको तर्फबाट कुनै पनि जोडी मिलानको सफलताको ग्यारेन्टी गर्न सक्तैनौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. का ग्राहकले कम्पनी र बिबाहको सम्भावित जोडी मिलानका व्यक्तिहरुसित सम्मानपूर्वक व्यवहार गर्नुपर्नेछ र उसको जानकारी र व्यवक्तिगत विवरण गोप्य राख्नु पर्नेछ र अन्यत्र कहिँ कतै पनि साझा गर्न पाइने छैन । जोडी मिलानका लागि गरिने सम्बाद र भेटघाटमा गलत सम्बाद र क्रियाकलाप गर्न तथा निर्जन र एकान्त ठाउँमा भेटघाट गर्न पाइने छैन ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. को सेवा लिएको कारण उत्पन्न हुन जाने कुनै पनि परिणामको जिम्मेवार कम्पनी नभई ग्राहक स्वयम् नै हुनेछन् । कम्पनी र ग्राहकका बीचमा कुनै बिबाद भएमा आपसी सहमतिमा र प्रचलित नेपाल कानून अनुसार समाधान गरिने छ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. नेपालको गोपनियता ऐन २०७५ ले व्यवस्था गरे अनुसार ग्राहकले आफ्नो व्यक्तिगत सूचना, जानकारी थपघट गर्ने, वा मेटाउने अधिकार सुनिश्चित गर्दछ साथे । साथै माथि उल्लेखित सर्तहरु कम्पनीले परिमार्जन र परिवर्तन अधिकार राख्तछ, ग्राहकलाई यस बारेमा समयमै जानकारी गराइने छ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. मा ग्राहकले दर्ता गर्दा गलत र झुठो विवरण दिने, मागेका आवश्यक कागजातहरु नदिने, गोप्य राख्नुपर्ने जानकारी जथाभावी साझा गर्ने, सम्भावित जोडीसित गलत सम्बाद र क्रियाकलाप गर्ने, निर्जन र एकान्त ठाउँमा भेटघाट गर्न प्रस्ताव गर्ने गरेको पाइएमा कम्पनीका तर्फबाट अयोग्य घोषणा गरी सेवाबाट बन्चित गरिनेछ । आवश्यक परेमा कानूनी कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले सुझाएको व्यक्तिसित जोडी मिलान भइसेकपछि पनि अन्तिम शुल्क नबुझाउने ग्राहकको सम्पूर्ण जानकारी निजका आफन्तहरुलाई गराइनेछ साथै सामाजिक सञ्जालमा सार्वजनिक गरिने छ र आवश्यक कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाइने छ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. मा सेवा लिन दर्ता गर्नुअघि ग्राहकहरुले माथि उल्लेखित सर्तहरु राम्ररी ध्यानपूर्वक पढेर र बुझेर मात्र अघि बढ्न अनुरोध गर्दछौँ साथै माथि उल्लेखित सर्तहरु प्रचलित नेपाल कानूनको मातहत रहनेछन् ।
हामीलाई हाम्रो कम्पनीको वेबसाइटमा आफ्ना भनाइहरु लेखेर, इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउएर हामीलाई सम्पर्क गर्न र सकारात्मक प्रतिक्रिया दिन सक्नुहुन्छ ।