बैबाहिक जोडीमिलान
बिबाह के हो ?
सनातन परम्परामा बिबाह सामाजिक सम्झौता मात्र होइन मानिस जन्मेपछि मृत्युपर्यन्त गरिने १६ संस्कारहरु मध्ये महत्वपूर्ण र पवित्र संस्कार हो । बिबाह मार्फत नै दुई शरीर र आत्माको मिलन हुन्छ र सँगसँगै रहेर सुख दुःख आपसमा बाँडचुड र साटासाट गर्दै जीवनभर सहयात्रा गरिन्छ । त्यसैले बिबाहका माध्यमबाट बनेको जीवनसाथीलाई अर्धाङ्ग÷अर्धाङ्गिनी वा सहयात्रीको रुपमा स्वीकार गरिएको छ । बिबाहले दुई भिन्न व्यक्ति परिबार, समाज, धर्म, संस्कृति र राष्ट्रलाई समेत जोडेको हुन्छ । भृकुटी र सीता यसका ज्वलन्त उदाहरण हुन् । व्यक्तिको जीवनमा भावनात्मक र मानसिक सन्तुलन कायम राख्न साथै र जीवनमा नैतिकता, अनुशासन, संस्कार र सामाजिक उत्तर दायित्व निर्वाह गर्न बिबाहले महत्वपूर्ण भुमिका खेल्दछ ।
जीवनमा असल जीवनसाथीको महत्व:
असल जीवनसाथी बिना धन सम्पत्ति र भौतिक वस्तुहरुको उपलब्धताले मात्र जीवन सुखमय हुँदैन । एक अर्कालाई बुझ्न सक्ने, सुखमा नमात्तिन र दुःखमा नआत्तिन पे्ररित गर्ने, जस्तोसुकै अभाव र दुःखमा पनि डटेर साथ दिने असल व्यक्तिको छनोट गरी आफ्नो जीवनसाथी बनाउनाले नै जीवन सुखमय बन्दछ र जीवनमा आफूले ताकेको लक्ष्य प्राप्त गर्न सकारात्मक उर्जा प्राप्त हुन्छ । असल जीवनसाथीको साथले नै परिबारमा साझा बुझाइ, साझा सोच, सन्तानको राम्रो पालनपोषण साथै आर्थिक उन्नति र सामाजिक प्रतिष्ठा आर्जन गर्न सकिन्छ ।
बिबाहका लागि असल जोडीमिलान किन आवश्यक छ ?
सफल बैबाहिक जीवनका लागि बिबाह गर्ने निर्णयमा पुग्न अघि एकले अर्काको सोचाइ, मनोविज्ञान, मूल्यमान्यता, जीवनदृष्टी, बानी, ब्यबहार, चालचलन, संस्कार, संस्कृति, परम्परा, शिक्षादिक्षा, आर्थिक अवस्था, पारिबारिक र सामजिक पृष्ठभुमि आदि विषयमा राम्ररी जान्नु र बुझ्नु पर्दछ र आफू मिल्दो र सुहाउँदो जोडीको छनोट गर्नुपर्दछ । यसरी बुझेर गाँसिएको बैबाहिक सम्बन्ध मात्र दीगो र सफल हुन्छ । क्षणिक आकर्षण र हतारमा गरिएको निर्णयले गर्दा हुनजाने गलत जोडी मिलानका कारण घरझगडा, मानसिक पीडा, असमझदारी, जीवनमा पछुतो, नैराश्यता, जीवनको लक्ष्य प्राप्त गर्नमा अवरोध, सन्तानममा नकारात्मक प्रभाव र अन्त्यमा पारिबारिक विखण्डन साथै समाजमा समेत नकारात्मक असर निम्त्याउने हुनाले बिबाहका लागि असल जोडीमिलान अति आवश्यक छ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा. लि. किन रोज्ने?
-
- ज्योतिषिय मागदर्शन सहित कुण्डली मिलान ।
- बिबाहपूर्व परामर्श सेवा र सहयोग ।
- व्यवसायिक, जीम्मेबार र सुरक्षित सेवा प्रणाली
- स्थानिय अनुभवमा आधारित दक्ष टिमवर्क
- विश्वास र गोपनियताको ग्यारेन्टी ।
हाम्रा सेवाहरू
-
- वैवाहिक जोडी मिलान
- ज्योतिषीय परामर्श
- कुन्डली मिलान
- वैदिक बिबाह विधि परामर्श
- पुनःबिबाहरद्वितीय बिबाह सेवाहरू
आजै सम्पर्क गर्नुहोस्
तपाईंको जीवनको महत्वपूर्ण निर्णयमा, हामी तपाईंको साथमा छौं – तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा. लि.
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा. लि.
स्थान: भरतपुर महानगरपालिका–१०, दीपेन्द्रचोक, चितवन
Add Comment