गोपनियता नीति

कार्यान्वयन मिति ः (२०८१ वैशाख १७ गते तदनुसार ३० अप्रिल सन् २०२५)

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. आफ्ना ग्राहक महानुभावहरुबाट बैबाहिक जोडी मिलान लगायत अन्य सेवाका लागि संकलन गरेको व्यक्तिगत सूचना तथा जानकारीहरु नेपालको गोपनियता ऐन, २०७५ (२०१८) अनुसार सदैव सुरक्षित राख्नमा प्रतिवद्ध छ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि ले आफ्नो कामसित सम्बन्धित भएर नयाँ नीति बनाउन र नीतिमा परिवर्तन गर्न सक्नेछ र सोको जानकारी आफ्ना ग्राहकहरुलाई गराउनेछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि ले बैबाहिक जोडी मिलानका लागि आवश्यक पर्ने व्यक्तिगत सूचना तथा जानकारीहरु जस्तै नाम, थर, गोत्र, उमेर, ठेगाना, शैक्षिक योग्गता, बैबाहिक स्थिति, आम्दानी र आफूले चाहेको जोडीसित सम्बन्धित विवरण साथै आवश्यक परेमा व्यक्तिगत कागजात साथै ग्राहकले चाहेको जीवनसाथीको योग्यता विवरण सहित रजिष्ट्रेसन (दर्ता) फारम भरी सूचना संकलन गर्नेछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि ले रजिष्ट्रेसन फारम मार्फत संकलन गरेको सूचना (डाटा) लाई सम्भावित जोडीमिलान कार्यका लागि मात्र प्रयोग गर्नेछ । जोडीमिलान कार्यका लागि रजिष्ट्रेसन (दर्ता) पहिलो र अनिवार्य सर्त रहेको छ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि ले आफ्ना ग्राहकका सूचना तथा जानकारीहरु गोपनियता भंग नहुने सर्तमा बैबाहिक जोडी मिलान हुन सक्ने सम्भावित व्यक्तिहरुलाई मात्र उपलब्ध गराउनेछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि ले आफूले संकलन गरेको ग्राहकको व्यवक्तिगत सूचनाको सुरक्षा गर्नु सबैभन्दा ठूलो कर्तव्य ठान्दछ र यसलाई जोडी मिलान कार्य बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्नेछैन । यसलाई शतप्रतिसत (१००%) सुरक्षित राख्न प्रतिवद्ध छ । यदि कहिँ कतै कसैले यसको प्रयोग अनाधिकृत रुपमा गरेको ठहरिएमा निज उपर प्रचलित नेपाल कानून अनुसार कानूनी कारवाही प्रक्रिया अघि बढाउनेछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि गोपनियता ऐन २०७५ ले व्यवस्था गरे अनुसार ग्राहकले आफ्नो व्यक्तिगत सूचना, जानकारी थपघट गर्ने, वा मेटाउने अधिकार सुनिश्चित गर्दछ ।

यस सम्बन्धी थप सूचना तथा जानकारी चाहिएमा हामीलाई इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउन सक्नुहुनेछ ।