कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्राइभेट लिमिटेड कम्पनीको
प्रबन्धपत्र
१. कम्पनीको नामः यस कम्पनीको नाम तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. हुनेछ ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना: यस कम्पनीको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नं १ मा रहने छ । कम्पनी ऐन अनुसार मुख्य कार्यालय स्थानान्त्रण गर्न सकिनेछ ।
३. कम्पनीले गर्ने व्यवसाय वा कारोवारको प्रकृति : सेवा तथा व्यापारमूलक प्रकृतिको हुनेछ ।
४. कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्यहरु देहाय बमोजिम हुनेछ:
(क) प्रचलित कानून अनुसार उमेर पुगेका, कानूनत बिबाह गर्न योग्य भएका तथा बिबाह गर्न इच्छुक देश विदेशमा छरिएर रहेका व्यक्तिहरुको बिबाहका लागि आवश्यक विवरण संकलन गर्ने गराउने ।
(ख) संकलित विवरण मध्येबाट कम्पनीले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका महिला र पुरुषका लागि आफू सुहाउँदो बिबाहयोग्य जोडी मिलान र बिबाह सम्बन्धी प्रक्रिया अघि बढाउन आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।
(ग) बिबाहयोग्य उमेर पुगेका शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निशुल्क परामर्श सेवा उपलब्ध गराउने ।
(घ) बिबाह र यसको परिणाम तथा कानूनी मान्यता सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्ने ।
(ङ) प्रचलित काूनको अधिनमा रही बिबाह सम्बन्धी खोज तथा अनुसन्धान गर्ने ।
(च) बिबाहको महत्व, उपयोगिता र यस सम्बन्धमा जनमानसमा रहेका नकारात्मक धारणाहरु हटाउन विज्ञहरु मार्फत प्रशिक्षण सञ्चालन गर्ने ।
(छ) बिबाह, परिबार र प्रजनन् स्वास्थ्य बारेमा सचेतना फैलााउन स्कूल तथा कलेजका छात्र छात्रालाई प्रशिक्षण दिने ।
(ज) विदेशी नागरिकसित बिबाह गर्न चाहने नेपाली नागरिक र नेपाली नागरिकसित बिबाह गर्न चाहने विदेशी नागरिकका लागि प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा गरेर मात्र बिबाह प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने ।
(ट) सनातनदेखि चलिआएका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरु, मेला, महोत्सव, संस्कार, यज्ञ, पूजाआजा, तीर्थयात्रा आदि आयोजना र सम्पन्न गर्नका लागि परामर्श सेवा प्रदान गर्ने साथै सहजीकरण गर्ने ।
(२) कम्पनीले उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ ।
(३) उपदफा (१) मा उल्लिखित उद्देश्यको सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको पन्ध्र दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ ।
५. कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरु: यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्न सक्नेछ:
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद गर्ने, बिक्री गर्ने वा भाडामा लिई प्रयोग गर्ने,
(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्ने,
(ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने ,
(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले धितो राखी वा नराखी कर्जा लिने,
(ङ) कम्पनीको नामबाट शेयर तथा डिबेन्चर खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने ।
(च) अन्य आवश्यक कुराहरु:
१. कम्पनीको कार्यको लागि आवश्यक पर्ने मेशिनरी उपकरण तथा आवश्यक शैक्षिक सामग्रीहरु एवं जग्गा तथा जनशक्तिको उचित व्यवस्था गर्नेछ ।
२. कम्पनीको नामबाट विभिन्न प्रकारका बिलहरु जस्तै लेटर अफ क्रेडिट, ड्राफ्ट र ग्यारेन्टी स्वीकृत गर्न, जारी गर्न तथा दरपीठ गर्न सक्नेछ ।
३. चुस्त प्रशासनिक व्यवस्थापन गर्न, अनुशासन कायम गर्न, आर्थिक सुसासन कायम गर्न, विभिन्न प्रकारका कोषहरुको व्यवस्था गरी संचालन गर्न, विनियमहरु बनाउने र लागू गर्न सक्नेछ ।
४. कम्पनीले आवश्यकता अनुसार संचार माध्यममा विज्ञापन गराउन सक्नेछ ।