तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. कस्तो संस्था हो ?
हामी निम्न कार्यहरु गर्दछौँ । हामीले गर्ने काम अनुसार नै हामीलाई चिन्नुहोस् ।
(क) हामी उमेर पुगेका र कानूनी रुपमा बिबाहयोग्य महिला तथा पुरुषलाई आफू अनुकूल सहि जीवनसाथी फेला पार्न आवश्यक मद्दत गर्न प्रतिवद्ध छौँ ।
(ख) हामी सनातनदेखि चलिआएका समाजमा प्रचलित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरु जस्तै बिबाह, ब्रतबन्ध, पूजाआजा आदि समारोह आयोजना र सम्पन्न गर्न सहजीकरण र व्यवस्थापन सेवा प्रदान गर्न प्रतिवद्ध छौँ ।
(ग) हामी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको भ्रमणका लागि आवश्यक सहजीकरण र व्यवस्थापन गर्न सेवा प्रदान गर्न प्रतिवद्ध छौँ ।
- Download the final zip file from your downloads page.
- Unzip the final zip file; you should now have a final download folder.
- Do NOT upload the final download folder. Open up the final download folder.
- Browse the contents and find the actual theme folder. If you look inside the theme folder, you will see a “style.css” file.
- This is how you know you have found the theme folder.
- Using an FTP client, upload ONLY the theme folder to your “wp-content/themes” folder.
- Login to your WordPress admin panel and activate the theme.
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. नै किन रोज्ने त ?
हाम्रो कम्पनीमा एक पटक दर्ता गरिसकेपछि लामो समयसम्म सेवा दिने र हामी व्यवसायिक भएकोले हामी यो कार्य पूर्णजिम्मेवारीका साथ गर्दछौँ । साथै बिबाह, ब्रतबन्ध, पूजाआजा लगायत विभिन्न शुभकार्य र तीर्थयात्रा आयोजना र सम्पन्न गर्न सहजीकरण र व्यवस्थापन गर्ने भएकोले तपाईँ ढुक्कसँग हामीलाई रोज्न र भर पर्न सक्नुहुन्छ ।
बिबाह सम्बन्धी सेवा लिन सुरुमा दर्ता शुल्क भुक्तानी नगरी दर्ता हुन्छ कि हुँदैन ?
बिबाहको जोडी मिलान कार्यका लागि दर्ता शुल्क भुक्तानी नगरी दर्ता हुँदैन । तपाईँ साँच्चिकै सेवा लिन इच्छुक हो भनेर निश्चित गर्ने र तपाईँलाई सेवा प्रदान गर्ने पहिलो आधार भनेकै दर्ता शुल्कको भुक्तानी हो ।
बिबाह सम्बन्धी सेवा लिन कसरी दर्ता गर्न सकिन्छ ?
तपाईँ हाम्रो वेवसाइटमा गएर बिबाहका लागि आफ्नो जानकारी साथै तपाईँको रुचि, अनुकूलता, प्राथमिकता र मापदण्डका आधारमा फारम भरेर दर्ता शुल्क भुक्तानी गरेपछि दर्ता हुन्छ । तपाईँ हाम्रो कार्यालयमा आएर पनि दर्ता गर्न सक्नुहुन्छ ।
बिबाहका लागि उपलब्ध गराएको मेरो व्यक्तिगत जानकारी गोप्य रहन्छ त ?
तपाईँको जानकारी पूरै गोग्य रहन्छ । हामीले नेपालको गोपनियता ऐन २०७५ को पूर्णपालना गर्दछौँ र हाम्रा ग्राहकका सम्पूर्ण जानकारी शतप्रतिसत (१००%) गोप्य रहेने सुनिश्चितता प्रदान गर्दछौँ ।
जोडी मिलान प्रक्रियामा कति समय लाग्छ ?
तपाईँको व्यक्तिगत परिचय गोप्य राखेर प्रचारप्रसार गर्दै तपाईँलाई मिल्दो जोडी खोज्ने हो । जोडी मिलाउन तपाईँसित जोडी मिल्ने अर्को व्यक्ति हुनु पर्दछ । यो प्रक्रिया सम्भावित जोडीको उपलब्धतामा भर पर्छ ।
मैले आफूले चाहेअनुसारको जोडी मिलन सेवा प्राप्त गर्न सक्छु त ?
हामी तपाईँको रुचि, अनुकूलता, प्राथमिकता र मापदण्डका आधारमा तपाईँले चाहनु भए जस्तै जोडी मिलान सेवा प्रदान गर्दछौँ ।
म कम्पनीले उपलब्ध गराएको जोडी मिलानसित सन्तुष्ट हुन सकिन भने के गर्नुहुन्छ ?
हामी तपार्इँको रुचि, रोजाइ, प्राथिमिकता र मापदण्डका आधारमा मिल्दो जोडी मिलान कार्यलाई निरन्तर जारी राख्ने छौँ ।
मैले तिरेको दर्ता शुल्क फिर्ता हुन्छ कि हुदैन ?
बिबाहको जोडी मिलान सेवाको लागि तिरिएको दर्ता शुल्क फिर्ता हुदैन ।
बिबाह, ब्रतबन्ध, पूजाआजा लगायत विभिन्न शुभकार्य र तीर्थयात्रा आयोजना र सम्पन्न गर्न कसरी सम्पर्क गर्न सकिन्छ ?
यस सम्बन्धमा हामी समयसमयमा ग्राहकको चाहना र आवश्यकता अनुसारका प्याकेजहरु ल्याउँछौँ र जानकारी गराउँछौँ । शुभकार्य र तीर्थयात्राको शुल्क ठाउँ र अवस्था अनुसार आपसी सहमतिमा तय गर्न सकिन्छ ।
तपाईँलाई अन्य केक माध्यमबाट सम्पर्क गर्न र आफूले प्राप्त गरेको सेवाप्रति सकारात्मक प्रतिक्रिया दिन सक्छु ?
हाम्रो कम्पनीको वेबसाइटमा आफ्ना भनाइहरु लेखेर, इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउएर हामीलाई सम्पर्क गर्न र सकारात्मक प्रतिक्रिया दिन सक्नुहुन्छ ।