तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. द्वारा आफ्नो सेवा प्रवाहलाई व्यवस्थित र प्रभाकारी बनाउन निम्नानुसार आचारसंहिता जारी गरिएको छ । जसलाई पूर्णपालना गर्नु कम्पनी ग्राहक दुवैको कर्तव्य हुनआउँछ ।
आचारसंहिता (बैबाहिक जोडी मिलानका लागि)
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले नेपालको प्रचलित कानून, कम्पनीको प्रबन्धपत्र, नियमावली तथा सामाजिक मान्यताको बर्खिलाप हुने कुनै पनि कार्य गर्नेछैन ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. र ग्राहक हामी सेवा प्रदान गर्दा र सेवा लिँदाका बखत शान्त वातावरणमा कार्य गर्नेछौँ र कुनै पनि प्रकारको छलकपट, दुर्भावना, भेदभाव, हिंसा, डर, धम्की र त्रासको वातावरण सिर्जना गर्नेछैनौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. र ग्राहक हामी व्यक्तिगत जानकारी र सूचनाहरु नेपालको नेपालको गोपनियता ऐन, २०७५ (२०१८) अनुसार सदैव सुरक्षित राख्नमा प्रतिवद्ध छौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. का तर्फबाट ग्राहकहरुसित अनावश्यक कागजातहरु माग्ने छैनौँ र आवश्यकता अनुसार कम्पनीले मागेका कागजातहरु ग्राहकका तर्फबाट समयमै उपलब्ध गराउनेछौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले बैबाहिक जोडी मिलानका लागि सुझाएका व्यक्तिसित ग्राहकका तर्फबाट कुनै प्रकारको उपहार वा आर्थिक लेनदेन गर्ने, कुनै पनि व्यक्तिगत कागजात र प्रमाण माग्ने र लिने दिने कार्य कदापि गर्नेछैनौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले सुझाएको व्यत्तिःसित बैबाहिक जोडी मिलानको कार्य पूरा भई बिबाह बन्धनमा बाधिने कार्यको सुरुवात (बिहे छिन्ने वा इङ्गेजमेन्ट) नगर्दासम्म आपसमा सँगै बसेर फोटो खिच्ने र साझा गर्ने कार्य गर्नेछैनौँ ।
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. र ग्राहक हामी गुणस्तरीय र प्रभावकारी सेवा दिन र लिन तथा आर्थिक लेनदेनलाई समयमै चुक्ता गर्न प्रतिवद्ध छौँ । हामी उच्चस्तरको मानविय भावना र व्यवसायिकतालाई कायम राखेर कार्य गर्न प्रतिवद्ध छौँ ।
थप जानकारीका लागि हाम्रो कम्पनीको वेबसाइटमा आफ्ना जिज्ञाशाहरु लेखेर, इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउएर हामीलाई सम्पर्क गर्न र सकारात्मक प्रतिक्रिया दिन सक्नुहुन्छ ।